"समृद्ध वाणगंगाकाे मूल अाधार कृषि ,पर्यटन ,वातावरण ,पूर्वाधार र राेजगार "।।।

वार्ड न. ३

 

 

नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१/०८/१६ गतेको निर्णय बमोजिम निर्मित बाणगङ्गा नगरपालिका वडा नं. ३ साविक गजेहडा गा.वि.स. को वडा नं. ३, ४, ५, ६, ८ र ९ मिलेर बाणगङ्गा नगरपालिका वडा नं. ८ र ९ भएको तथा मिति २०७३/११/२७ गते साविकका बाणगङ्गगा नगरपालिका वडा नं. ८, ९ र १० गाभिएर हालको बाणगङ्गा नगरपालिका वडा नं. ३ कायम भएको हो । धार्मिक आस्थाको अधारमा हिन्दु धर्मावलम्बी भएको यो वडाको पुर्वमा वडा नं. १० पश्चिममा वडा नं. ४ र ५ उत्तरमा वडा नं. १, २ र ४ तथा दक्षिणमा वडा नं. ११ को सिमाना जोडिएको छ । यस वडाको क्षेत्रफल १०.१७ वर्ग किलोमिटर रहेको छ । वि.सं. २०६८ सालको जनगणना अनुसार ५७७६ जनसंख्या रहेको भएता पनि हाल द्रुत भैरहेको बसाईसराई, सहरीकरण र विकासको कारण दिनानुदिन जनसंख्या बढीरहेको छ । वि.सं. २०७४ सालको संसदिय र प्रदेश सभा निर्वाचनको मतदाता संख्यालाई हेर्ने हो भने हाल यस वडाको जनसंख्या करिब ७,००० भएको अनुमान गर्न सकिन्छ । कुल जनसंख्याको करिब ५५ प्रतिशत महिला र ४५ प्रतिशत पुरुषहरुको बासोबास रहेको यस वडामा करिब ७० प्रतिशत आदिवासी जनजाती थारुहरुकोे बासोबास रहेको छ भने ३० प्रतिशत अन्य जातिहरुको बसोबास रहेको छ । साविक गजेहडा गा.वि.स. का ६ वटा ( वडा नं. ३, ४, ५, ६, ८ र ९ ) मिलेर बनेको यस बाणगङ्गा नगरपालिका वडा नं. ३ क्षेत्रफलको हिसाबले आठौँ तथा जनसंखयाको हिसाबले पाँचौँ ठूलो वडा अन्तर्गत पर्दछ । जीतपुर चार नम्बर देखि तौलिहवा रोडले करिब बीचबाट काटेको यस वडा नं. ३ को राजापानी पर्यटकीय तथा पिकनिक स्थलको दृष्टिकोणले महत्वपूर्ण स्थान हो । यस वडाभित्र चम्कीपुर देखि भावपुर सम्मको कृषि सडक, पिपरादेखि चाकरचौडा जोड्ने सडक, चार नम्बर जीतपुरदेखि तौलिहवा जोड्ने सडक, लक्ष्मणघाट बालापुर जोड्ने सडक महत्वपूर्ण सडक रहेका छन् । घघवा कुटी, बभनीको रामजानकी मन्दिर, बाल उद्यान, खेल मैदान, बौद्ध विहार, शिव मन्दिर तथा प्रत्येक गाउँमा थारु जातिको डिउहारहरु यस वडाका महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्रहरु हुन् । त्यसैगरी १ वटा आलमदेवीको मन्दिर, ५ वटा दुर्गा मन्दिर रहेका छन् । यस वडामा एक वटा मात्र रहेको राजापानी सामुदायिक वनको क्षेत्रफल ४५२ हेक्टर रहेको छ जहाँ लोप हुँदै गएका निल गाई, हरिण, गिद्ध, अजिङ्गर लगायतका जीवहरुको संरक्षणको लागि पालन गरी आकर्षणको केन्द्र बन्दै गएको छ । यस वडाभित्र ४ वटा सरकारी विद्यालयहरुले सेवा प्रदान गर्दै आइरहेका छन् । अन्त्यमा सिमित स्रोत साधन तथा असिमित मानवि आवश्यकता परिपुर्ति गर्ने कार्यमा यस वडा तिब्र रुपमा अगाडि बढे तापनि नमिल्दो भौगोलिक बनावट तथा शिक्षा र चेतनाको अभावका कारण सोचेअनुरुप विकास कार्य केही ढिला भएता पनि अगामि पाँच वर्षमा यो वडा यस नगरपालिकाको विकास तथा सम्वृद्धिमा उच्च स्तरको वडा हुने देखिन्छ ।

  • सन्तराम रौतार थारु   ( वडाध्यक्ष )   ९८५७०५४०२३
  • सरिता देवी ढकाल   ( महिला सदस्य )   ९८४७१९२२६६
  • राधा विश्वकर्मा   ( द.म.स.)    ९८१९४३७१४५
  • राम अाश्रे थारु   ( खुल्ला सदस्य )   ९८०७४२७८०८
  • कुल बहादुर सोमै   ( खुल्ला सदस्य )   ९८५७०५१७१६
Nepali
Population: 
५७७६
Ward Contact Number: 
९८५७०५४०२३