व्यक्तिगत घटना दर्ता प्रतिलिपि

In-person

आवश्यक प्रक्रिया
आवश्यक कागजात सहित निवेदन दिई दर्ता गराउने
शुल्क
रु.५००
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
सोही दिन
उजुरी अधिकारी
स्थानीय पञ्जिकाधिकारी
दायरा विभाग
वडा कार्यालय
आवश्यक कागजातहरू
जन्मदर्ताको लागिः
१. पहिले जारी भएको जन्मदर्ताको सक्कल वा फोटोकपी
२. बुवा र आमाको नागरिकताको फोटोकपी
३. १८ वर्ष उमेर पुरा भएको एकाघरको नागरिकता प्राप्त गरेको सदस्यले निवेदन दिनुपर्ने
मृत्यूदर्ताको लागिः
१. मृतकको नागरिकता वा जन्मदर्ता वा जन्ममिति खुल्ने प्रमाणपत्रको सक्कल वा फोटोकपी
२. मृतक विवाहित भएमा विवाह दर्ताको सक्कल र फोटोकपी
४. एकाघरको तिनपुस्ता भित्रको १८ वर्ष पुरा भएको नागरिकता
प्राप्त गरेको व्यक्ति स्वयम् नागरिकता सहित उपस्थित हुनुपर्ने
५. पहिले जारी भएको मृत्यूदर्ताको सक्कल वा फोटोकपी
विवाह दर्ताको लागिः
१. दुलाहाको नागरिकता दुलहीको नागरिकता वा जन्मदर्ताको सक्कल वा फोटोकपी
२. दुलाहा र दुलही मध्ये एकजना उपस्थित हुनुपर्ने
३. पहिले जारी भएको विवाह दर्ताको सक्कल वा फोटोकपी
सम्बन्ध विच्छेदको लागिः
१. पति/पत्नीको नागरिकताको सक्कल वा फोटोकपी
२. अदालतको सम्बन्ध विच्छेद सम्बन्धी फैसला वा पहिले दर्ता भएको प्रमाणपत्रको सक्कल वा फोटोकपी
३. पति/पत्नीको मध्ये एक जना स्वयम् उपस्थित हुनुपर्ने
बसाइसराइको लागिः
१. बसाइसराइ आएका सम्पुर्ण परिवारका सदस्यको नागरिकता वा जन्मदर्ताको सक्कल प्रति
२. परिवारका सदस्य मध्ये एकजना उपस्थित हुनुपर्ने
३. पहिले जारी भएको बसाइसराइ दर्ता प्रमाणपत्रको सक्कल वा फोटोकपी
नोटः माथि उल्लेखित सबै व्यक्तिगत घटना दर्ताको प्रतिलिपि प्राप्तिका लागि अनुसूची-२५ को निवेदन
र आवश्यकता अनुसार वसाइसराइ दर्ता प्रमाणपत्रको फोटोकपी समेत संलग्न गर्नुपर्ने छ ।
शुल्क विवरण
रु ५००
जिम्मेवार व्यक्ति / खण्ड
स्थानीय पञ्जिकाधिकारी
प्रक्रियाका चरणहरू
आवश्यक कागजात सहित निवेदन पेश गर्ने
सम्बन्धित कानून
—