समाचार
लक्ष्मणघाट
Latitude:
27.66689610266777
Longitude:
83.11419710942354
Category:
Description:
यस नगरपालिकाको अति महत्त्वपूर्ण धामहरु मध्ये लक्ष्मणघाट धाम प्राचीन धाम हो | बाणगङ्गा नदी र कोइली नदीको संगम स्थललाई लक्षमणघाट भनिन्छ | त्रेता युगमा राम बनबास रहेको समयमा रामले नुहाएको घाटलाई रामघाट भनिन्छ जुन हालको कपिलबस्तु नगरपालिकामा पर्छ | यसै क्रममा लक्ष्मणले नुहाएको घाट लक्ष्मणघाटको नामले प्रसिद्धघाट यसै नगरपालिकामा पर्दछ | यहा शिव मन्दिर , हनुमान मन्दिर , मनकामना मन्दिर , दुर्गा मन्दिर , राम जानकी मन्दिर , शनि देवको मन्दिर , गणेश मन्दिर , नाग मन्दिर , सुपा देउराली मन्दिर र १०८ शिवलिङ्ग तथा शिवको बिशाल मूर्ति रहेको छ | श्रावण महिनामा बिशेषगरी सोमबारका दिन यस लक्ष्मणघाटबाट जललगी अन्य स्थानका शिवालयहरुमा जल चढाउदा पुण्य प्राप्त हुने जनविश्वास र प्रचलन रहीआएकोछ | यसै स्थानमा कार्तिक शुल्क पूर्णिमामा ठुलो मेला लाग्ने गर्दछ | यस्तै एकादशी , औशी , पूर्णिमा , सक्रान्ति जस्ता पर्व विशेषमा यस घाटमा आई नुहाउदा ठुलो पुण्य प्राप्त हुने जनविश्वास रहेकोले यहाँ श्रदालुहरु आई स्नान गर्ने गर्दछन | यसै स्थानमा बाणगङ्गा सिचाई योजनाको नहरको बाँध पनि रहेको हुदा यस धामको आकर्षण अझ बढेको छ | यसै नहरबाट कपिलवस्तु नगरपालिकामा पर्ने ठुलो मानव निर्मित ताल जगदीशपुर तालमा पानी प्रबाह हुन्छ |
Img: