FAQs Complain Problems

वार्ड न. ३

 

 

नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१/०८/१६ गतेको निर्णय बमोजिम निर्मित बाणगङ्गा नगरपालिका वडा नं. ३ साविक गजेहडा गा.वि.स. को वडा नं. ३, ४, ५, ६, ८ र ९ मिलेर बाणगङ्गा नगरपालिका वडा नं. ८ र ९ भएको तथा मिति २०७३/११/२७ गते साविकका बाणगङ्गगा नगरपालिका वडा नं. ८, ९ र १० गाभिएर हालको बाणगङ्गा नगरपालिका वडा नं. ३ कायम भएको हो । धार्मिक आस्थाको अधारमा हिन्दु धर्मावलम्बी भएको यो वडाको पुर्वमा वडा नं. १० पश्चिममा वडा नं. ४ र ५ उत्तरमा वडा नं. १, २ र ४ तथा दक्षिणमा वडा नं. ११ को सिमाना जोडिएको छ । यस वडाको क्षेत्रफल १०.१७ वर्ग किलोमिटर रहेको छ । वि.सं. २०७८ सालको जनगणना अनुसार ६७८१ जनसंख्या रहेको भएता पनि हाल द्रुत भैरहेको बसाईसराई, सहरीकरण र विकासको कारण दिनानुदिन जनसंख्या बढीरहेको छ ।  कुल जनसंख्याको करिब ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुषहरुको बासोबास रहेको यस वडामा करिब ७० प्रतिशत आदिवासी जनजाती थारुहरुकोे बासोबास रहेको छ भने ३० प्रतिशत अन्य जातिहरुको बसोबास रहेको छ । साविक गजेहडा गा.वि.स. का ६ वटा ( वडा नं. ३, ४, ५, ६, ८ र ९ ) मिलेर बनेको यस बाणगङ्गा नगरपालिका वडा नं. ३ क्षेत्रफलको हिसाबले आठौँ तथा जनसंखयाको हिसाबले पाँचौँ ठूलो वडा अन्तर्गत पर्दछ । जीतपुर चार नम्बर देखि तौलिहवा रोडले करिब बीचबाट काटेको यस वडा नं. ३ को राजापानी पर्यटकीय तथा पिकनिक स्थलको दृष्टिकोणले महत्वपूर्ण स्थान हो । यस वडाभित्र चम्कीपुर देखि भावपुर सम्मको कृषि सडक, पिपरादेखि चाकरचौडा जोड्ने सडक, चार नम्बर जीतपुरदेखि तौलिहवा जोड्ने सडक, लक्ष्मणघाट बालापुर जोड्ने सडक महत्वपूर्ण सडक रहेका छन् । घघवा कुटी, बभनीको रामजानकी मन्दिर, बाल उद्यान, खेल मैदान, बौद्ध विहार, शिव मन्दिर तथा प्रत्येक गाउँमा थारु जातिको डिउहारहरु यस वडाका महत्वपूर्ण धार्मिक एवम् पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्रहरु हुन् । त्यसैगरी १ वटा आलमदेवीको मन्दिर, ५ वटा दुर्गा मन्दिर रहेका छन् । यस वडामा एक वटा मात्र रहेको राजापानी सामुदायिक वनको क्षेत्रफल ४५२ हेक्टर रहेको छ जहाँ लोप हुँदै गएका निल गाई, हरिण, गिद्ध, अजिङ्गर लगायतका जीवहरुको संरक्षणको लागि पालन गरी आकर्षणको केन्द्र बन्दै गएको छ ।

  • टेक बहादुर झेडि मगर   ( वडाध्यक्ष )   ९८४७०७१७०८
  • बाबुराम आचार्य           (सदस्य)           ९८५७०५०८०२
  • सोमनाथ राना             (सदस्य )          ९८१८०७७०४९
  • चन्द्रवती चौधरी थारु    (महिला सदस्य)  ९८००७९८५९७
  • गंगा देवि सुनार           ( द.म.स.)            ९८०७५९२०३५
Nepali
Population: 
6781
Ward Contact Number: 
९८४७०७१७०८
Weight: 
0

पदाधिकारी तथा कर्मचारी

टेक बहादुर झेडी मगर

वडा अध्यक्ष

९८४७०७१७०८

बाबुराम आचार्य

वडा सदस्य

९८५७०५०८०२

सोमनाथ राना

वडा सदस्य

९८१८०७७०४९

चन्द्रावती चौधरी थारु

वडा सदस्य

९८००७९८६९७

गंगा देवि सुनार

वडा सदस्य

९८०७५९२०३५

धनिराम चौधरी

सहायक स्तर पाचौँ

९८४७०४०८७५

मिना घिमिरे

सहायक स्तर पाचौँ

९८४७०४००२७

रामकिशोर चौधरी थारु

का.स. चतुर्थ

९८४७१९२०२०