FAQs Complain Problems

मधुवनधाम

Latitude: 
27.71
Longitude: 
83.18
Description: 
बाणगङ्गा नगरपालिका वडा नम्बर ८ बोडगाउँ बजारदेखि करिब ३ किलोमिटर उत्तर पूर्वमा बाणगङ्गा नदीको तटमा शान्ता कुञ्ज मधुवन धामका नामले प्रसिद्ध मधुवन धाम क्षेत्र रहेकोछ। मधुवन धाम क्षेत्र १८३ बिगाह क्षेत्रफलमा फैलिएको छ। २०६८ सालदेखि यस धामको विकास निरन्तर भइरहेको छ। त्रेतायुगमा अयोध्याका राजा दशरथकी छोरी राजा रोमपादकी पोष्प पुत्री शान्ताले आश्रय लिएको शान्ता कुञ्ज मधुवन धाम नामाकरण गरिएको छ। मधुवन धाम परिसरभित्र गायत्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर, बुद्ध विहार, विपश्यना केन्द्र, शान्ता श्रृङ्गी प्रतिमा, श्रृङ्गी उद्यान, हनुमान प्रतिमा आदि मठ मन्दिर रहेका छन्। मधुवन धाम क्षेत्रभित्र विष्णु पादुका शीला, बालु नीलकण्ठ धाम, श्रृङ्गीघाट जस्ता पवित्र स्थल रहेका छन्। त्रेतायुगका प्रसिद्ध तपस्वी विभाण्डक ऋषिका पुत्र प्रसिद्ध कर्मकाण्डी (जसले राजा दशरथको पुत्रेष्टी यज्ञमा आचार्य भई यज्ञ सम्पादन गरेका थिए । ) श्रङ्गी ऋषिको जन्मभूमि मधुबन धाम पौराणिक, ऐतिहासिक, धार्मिक महत्त्व बोकेको स्थान हो। यहाँ पितृपक्षमा पिण्डदान तर्पण गर्ने, बालाचतुर्दशीमा सतबिऊ छर्ने र विशेष पर्वहरूमा मेला लाग्ने गर्दछ।