FAQs Complain Problems

वार्ड न. ४

वाणगंगा नगरपाकिा वडा नं ४ को संक्षिप्त परिचय

           नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१/०८/१६ को निर्णय बमोजिम निर्मित बाणगंगा नगरपाकिा वडा नं ४ मिति २०७३/११/२७ गते साविक बाणगंगा नगरपाकिा वडा नं १० बाट वडा नं ४ बनेको हो । धार्मिक ऐतिहासिक पर्यटकिय एवम् व्यापारिक दृष्टिकोणले सामरिक महत्व बोकेको वडा हो । यस वडाको पुर्वमा बाणगंगा नगरपालिका वडा नं ३ को सिमाना पश्चिममा बाणगंगा नदि मोतिपुर वडा नं ८ संग जोडिएको  र बाणगंगा नगरपालिका वडा नं ५ को सिमाना संग समेत जोडिएको छ । उत्तरमा वडा नं ४ को जंगल क्षेत्र भित्र अवस्थित यस वडाको क्षेत्रफल करिब १०.४३ वर्ग मिटर रहेको छ र वि.स. २०७८ सालको जनगणना अनुसार १०४२२ जनसंख्या रहेको छ  महिला ५५४३ र पुरुष ४८७९  को बसोवास भएको यस वडामा करिव  ३० प्रतिशत आदिबासि थारु जातिको बसोवास छ भने अन्य ७० प्रतिशत पहाडिया मुलका मानिसहरुको बसोवास रहेको छ । 
   साविकको गजेहडा गा.वि.स.का वडा नं १,२,७ वडाहरु गाविएर बनेको यस बाणगंगा नगरपालिका वडा नं ४ लाई महेन्द्र राजमार्गले काटेको छ । बाणगंगा नगरपालिकाकै धरोहर कपिलवस्तु सामुदायिक अस्पताल समेत रहेको छ । यस वडा भित्र चारनम्बर देखि सदरमुकाम तौलिहवा जोड्रने महत्वपुर्ण  सडक रहेको छ चारनम्बर ढोरपाटन सडक तथा लक्ष्मणघाट गजेहडा रुपन्देही (गरगरे)  कृषि सडक समेत छ । (कपिलवस्तुकै ऐतिहासिक कृषि तथा प्रयटकीय मेला) बुद्ध रंगशाला मा प्रत्येक बर्ष लाग्ने गरेको छ । युवाहरुको घरोहर वयलफेयर सोसाइटि र उद्योग बाणिज्य संघको कार्यालय समेत रहेको छ । सिद्धिपुर,दरखास्तमा दुर्गा मन्दिर शिवालय मन्दिर,हरिहरपुरमा शिवालय मन्दिर ,गजेहडामा बैष्णवदेवि मन्दिर ,शिवालय मन्दिर र ठाकुरापुरमा दुर्गा मन्दिर डुगहवामा दुर्गा मन्दिर गरि जम्मा ११ मठ मन्दिर भएका र गाउं गाउंमा थारु डिवहारहरु यस वडाका महत्वपुर्ण धार्मिक महत्वका क्षेत्रहरु हुन् भने सिंचाइका लागि मर्थि मुल गजेहडाको जगैया मुल झुगा कारिगिरिया मुल,गैडहवा मुल  समेत रहेका छन् ।
यसै वडा खेलकुदकै अब्वल वडाको रुपमा रहेको छ खेलकुदको मैदानका रुपमा बुद्ध रंगशाला खेल मैदाल तथा शान्ति नि.मा.वि. को खेल मैदान रहेको छ  साथै शान्ति नि.मा.वि.मा करिव २ विगाहा जमिनमा  आफै मुल उठ्रने(सिमसार) पोखरी समेत रहेको छ यस वडामा २ दुइ सामुदायीक बन रहेका छन् ।             

  • छविलाल रेश्मी मगर   ( वडाध्यक्ष )   ९८५७०२९७६९
  • चिन्कु थारु                 ( सदस्य )        
  • नन्द किशोर थारु        ( सदस्य )      ९८१४४५२९०९
  • चन्द्रवति थारु          (महिला सदस्य )  ९८०७४१८५९२
  • कुमारी पवित्रा सार्की  (द म स )           ९८२१९३९७७४
Nepali
Population: 
10422
Ward Contact Number: 
९८५७०२९७६९
Weight: 
0

पदाधिकारी तथा कर्मचारी

छविलाल रेश्मी मगर

वडा अध्यक्ष

९८५७०२९७६९

चिन्कु थारु

वडा सदस्य

नन्द किशोर थारु

वडा सदस्य

९८१४४५२९०९

चन्द्रवति थारु

वडा सदस्य

९८०७४१८५९२

कुमारी पवित्रा सार्की

वडा सदस्य

९८२१९३९७७४

कृष्ण प्रसाद खनाल

सहायक स्तर पाचौँ

९८४७०८२५९२

सुशिला भुसाल

सहायक स्तर चौथो

९८६७१८७१७३