समाचार
एघारौं नगर सभाको आ. व ०७९।८० को बजेट सार्वजनीकरण तथा बाल श्रम मुक्त नगर घोषण कार्यक्रम
बाणगंगा नगरपालिकाको एघारौं नगर सभाको आ. व ०७९।८० को बजेट सार्वजनीकरण तथा बाल श्रम मुक्त नगर घोषण कार्यक्रम बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य श्री विमला घिमिरे र विशिष्ट अतिथिहरू लुम्बिनी प्रदेश सभा सदस्य श्री विष्णु पन्थी , संविधान सभा सदस्य श्री विश्राम प्रसाद थारू , जिल्ला समन्वय प्रमुख श्री बाबुराम आचार्य तथा नगर उप प्रमुख श्री रिता कुमारी चौधरी , वडा अध्यक्ष राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बाल सहजकर्ताहरू, उत्कृष्ट कार्य गर्ने कर्मचारी, नगरलाई समयमै सबैभन्दा बढी कर तिर्ने करदाता तथा उत्कृष्ट कार्य गर्ने संघ संस्थालाई सम्मान गरिएको थियो । नगरपालिकाले आगामि आर्थिक बर्षका लागि १ अर्ब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।