समाचार
वार्ड न. २
वाणगंगा नगरपालिका वडा नं.०२ को संक्षिप्त परिचय नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१/०८/१६ को निर्णय बमोजिम निर्मित वाणगंगा नगरपालिका वडा नं.०२ मिति २०७३ /११/२७ गते साविकका वाणगंगा नगरपालिका वडा नं. २ र ३ गाभिएर बनेको हो । धार्मिक ऐतिहासिक पर्यटकिय एवम व्यापारिक दृष्ट्रिकोणले सामरिक महत्व बोकेको वडा हो । यस वडाको पुर्वमा कोठी नदी र रुपन्देहिको सैनामैना नगरपालिका, पश्चिममा वाणगंगा नगरपालिका वडा नं. ०१, उत्तरमा शितगंगा नगरपालिका अर्घाखाँचि र दक्षिणमा वाणगंगा नगरपालिका वडा नं. ३ र १० को चौतर्फि सिमा भित्र अवस्थित यस वडाको क्षेत्रफल करिब ३१ वर्ग मिटर रहेको छ । वि.स.२०६८ सालको जनगणना अनुसार ७७३९ जनसंख्या रहेको भएता पनि हाल दु्रत गतिमा भईरहेको बसाईसराई, सहरिकरण र विकासको कारण दिनानुदिन जनसंख्या बढिरहेको छ । वि.स २०७४ सालको संसदिय र प्रदेश सभा निर्वाचनको मतदाता संख्यालाई हेर्ने हो भने हाल यस वडाको जनसंख्या करिब १२००० भएको अनुमान गर्न सकिन्छ । करिब कुल जनसंख्याको ५५ प्रतिशत महिला र ४५ प्रतिशत पुरुषहरुको बसोबास भएको यस वडामा करिब ५० प्रतिशत आदिबासि थारु जातिको बसोबास छ भने, अन्य ५० प्रतिशत पहाडिया मुलका मानिसहरुको बसोबास रहेको छ । साविकको वाणगंगा गाविस का १ देखि ६ सम्मका ६ वटा वडाहरु गाविएर बनेको यस वाणगंगा नगरपालिका वडा नं. ०२ वि.स.२०६८ को जनगणना अनुसार जनसंख्याको हिसावले वाणगंगा नगरपालिकाको तेस्रो ठुलो वडा हो । महेन्द्र राजमार्गले ठिक बिच बाट काटेको यस वडा नं.०२ को पिपरा व्यापारिक दृष्ट्रिकोणले महत्वपुर्ण स्थान हो । यस वडा भित्र पिपरा देखि ढोरपाटन जोड्ने सडक, पिपरा देखि चाकरचौडा जोड्ने सडक, लखन चोक लवनी जोड्ने सडक महत्वपुण सडक रहेका छन् । श्रृङ्गि ऋषिको तपोभूमि बिमाण्डक ऋषिको क्रिडा स्थलको रुपमा परिचित नन्दनगर क्षेत्र, सुपादेउरालि मन्दिर, देविस्थान मन्दिर, कोठी पिकनिक स्पोर्ट, प्रकटेश्वर महादेव, राधाकृष्ण मन्दिर, दुर्गा मन्दिर, शिव मन्दिर, कलौनिस्थित बौद्ध विहार र थुप्रै संख्यामा रहेका थारु डिवहारहरु यस वडाका महत्वपुर्ण धार्मिक एवंम पर्यटकिय हिसावले महत्वपुण क्षेत्रहरु हुन । छ (६) वटा सरकारी तथा तिन (३) वटा निजि विद्यालयहरुले यस वडा बाट सेवा प्रदान गर्दै आएका छन्, यसै वडा भित्र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत परिचित विद्यालय पन्च आधारभुत विद्यालय तथा प्रदेश नं. ०५ मै उच्च नतिजा ल्याउन सफल अंग्रेजि र नेपाली दुवै भाषामा अध्ययन हुने जनता मा. वि पिपरा तथा कपिलवस्तु जिल्लाकै एक मात्र संस्कृत भाषामा पढाई हुने मनकामना संस्कृत विद्यापिठ गुरुकुलम समेत रहेका छन् । साथै सि. एम ए. अनमि र ल्याब पढाई हुने कपिलवस्तु प्राविधिक प्रतिष्ठानले समेत यसै वडा वाट सेवा प्रदान गदै आएको छ । खेलकुदको क्षेत्रमा समेत अब्वल वडाको रुपमा रहेको यस वडाको कप्टैया, राजपुर र नन्दनगरमा आकर्षक खेल मैदान समेत रहेका छन् । वाणगंगा नगरपालिकाका विभिन्न वडाहरुमा सिचाई सुबिधा उपलब्ध गराउने श्रृगिघाट सिचाई योजनाको बाध समेत यसै वडामा अवस्थित छ, त्यस्तै गरि दाहसंस्कारको लागि प्रसिद्ध देउरालि घाट समेत यसै वडामा अवस्थित छ । सात (७) वटा सामुदायिक बन र एक वटा धार्मिक वनले यस वडाको वातावरण स्वच्छ सफा र हराभरा गराउने कार्य गरीरहेका छन् । ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल बेश क्याम्प, ईलाका हुलाक कार्यालय, पिपरा अस्पताल, वडा नं. ०२ को कार्यालय तथा ईलाका बन कार्यालय लगाएतका सरकारी कार्यालयहरु तथा वाणगंगा खानेपानि कार्यालय र विभिन्न सामुदाइक बनका कार्यालयले समेत सेवाग्राहिका दैनिक काममा सहजता प्रदान गरिरहेका छन् । साथै नन्दनगरमा निर्माणाधिन वृद्धा आश्रम र पिपरा चाकरचौडा रोडमा अवस्थित निर्माणाधिन लुम्बिनी तीलौराकोट प्रवेशद्धारले समेत यस वडाको गरिमा उचो बनाउने कार्यमा सहयोग गरेका छन् । अन्त्यमा सिमित स्रोत र साधन तथा असिमित मानविय आवश्यकता परिपुर्ति गर्ने कार्यमा यस वडा तिव्र रुपमा अगाडि बढेता पनि नमिल्दो भौगोलिक बनावट तथा शिक्षा र चेतनाको अभावका कारण सोचेअनुरुप विकाश कार्य अगाडि बढ्न केहि ढिला भएता पनि आगामि पांच (५) बर्षमा यो वडा वाणगंगा नगरपालिकाको विकाश र सम्वृद्धिमा पहिलो वडा नहोला भन्न सकिन्न ।
- विष्णु प्रसाद पौडेल ( वडाध्यक्ष ) ९८५७०५४०२२
- प्रेम बहादुर रौतार थारु ( सदस्य ) ९८१९४३३१९९
- झिमलाल सापकोटा (दसस्य) ९८५७०५२१४४
- शान्ता पाण्डे (महिला सदस्य) ९८५७०२५८०९
- सुमित्रा दमै ( द.म.स. ) ९८०७५७२८६२