हरितालिका तिज विशेष कार्यक्रम अन्तर्गत बाणगंगा नगरपालिकाको आयोजनामा नगरस्तरीय तिज गीत तथा नृत्य प्रतियोगितामा वडाको प्रतिनिधित्व गरी प्रथम स्थान हासिल गर्न सफल वडा नं २, द्वितीय स्थान हासिल गर्न सफल वडा नं ६, तृतीय स्थान हासिल गर्न सफल वडा नं ८ र सान्त्वना स्थान वडा नं १ र वडा नं ४ ले हासिल गरी पुरस्कृत हुनु भएको छ ।
समाचार
फोटो ग्यालरी
लुम्बिनी प्रदेश सरकार कृषि तथा भूमि व्यवस्था मन्त्रालयको प्राविधिक सहयोगमा किसान सूचिकरण सम्बन्धी जनप्रतिनिधी / कर्मचारी / सहजकर्ताहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषणमैत्री टोल निर्माणको लागि पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति र सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सुशासन केन्द्रको आर्थिक सहयोग, इलिमेन्ट्रि ईन्जिनियरिङ कन्सल्टेन्सि प्रा .ली. को सहजिकरण तथा बाणगंगा नगरपालिकाको आयोजनामा लैङ्गिक समता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बाणगंगा नगरपालिकाको आर्थिक सहयोग तथा ओम राजश्री मल्टी एग्रो प्रा.ली को आयोजनामा मकैको खोस्टाबाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन गर्ने ३० दिने सिपमुलक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रम २०७९ फाल्गुन १० गते सम्पन्न भएको छ । उक्त कार्यक्रमका तस्विरहरु:
आज मिति २०७९।११।०२ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव श्री रुद्रसिंह तामाङ् सहितको टोली बाट स्थानीय तहको कार्यसम्पादन विश्लेषण कार्यक्रम सम्पन्न भएको छ ।बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उप प्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य , प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखको उपस्थिती रहेको थियो
मिति २०७९।०८।२९ गते बसेको पालिकास्तरिय पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति बैठकका तस्विरहरु
आज मिति २०७९।०८।२५ गते नेपालको विकासका लागि ग्रामीण कल्याण तथा कृषि सुधार समूह नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्र नेपालको साझेदारीमा साना दुग्ध उत्पादक कृषकहरुको लागि ग्रामीण कृतिम गर्भाधान अभिबृद्धि परियोजना संचालन भएको छ ।
रम्भा गाउँपालिका पाल्पाका प्रमुख प्रशासकीय अधिकृत श्री भक्तु जङ्ग रानाको नेतृत्व र ककनी गाउँपालिका नुवाकोटका अध्यक्ष सुमन तामाङको नेतृत्वमा अवलोकनमा आउनुभएका जनप्रतिनिधि र कर्मचारीहरूलाई बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री खिमानन्द भुसाल र नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूले समग्र बाणगंगा नगरपालिकाको वस्तुस्थितिको बारेमा जानकारी गराउनु भएको छ ।
आज मिति २०७९।०८।१९ गते कार्यपालिका बैठक सम्पन्न भएको छ ।
कार्यपालिकाका प्रस्तावहरु
१ खोलाको IEE सम्बन्धमा
२ पदपूर्ति सम्बन्धमा
३ योजना सम्झौता र Orientation सम्बन्धमा
४ विभाज्य कोषको रकम सम्बन्धमा
५ विविध
आज मिति २०७९।०८।१६ गतेका दिन राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा विधमान हानिकारक अभ्यास सम्बन्धि मधेश केन्द्रित अन्तरक्रिया कार्यक्रम बाणगंगा नगर पालिकाको सभाहलमा सम्पन्न भएको छ।
'सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान ' भन्ने नाराका साथ मङ्सिर ०९ गतेबाट देशैभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
कर्मचारी, पत्रकार, नागरिक समाज, विभिनन्न संघसस्था र गैरसरकारी संस्थाहरूसमेतको सहभागितामा मङ्सिर ०९ गते महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा बाणगंगा नगर कार्यपालिकाको कार्यालयबाट निकालिएको र्याली बाणगंगा बजार परिक्रमा गरि बाणगंगा नगर कार्यपालिकाको सभाहलमा लैङ्गिक असन्तुलन न्यूनिकरणका लागि विभेदपूर्ण लिङ्ग छनौट अन्त्य सम्बन्धी सचेचनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०७९।०७।२४ गते बिहिबार भू उपयोग तथा कार्यान्वयन समितिको बैठक बसेको छ । बैठकमा भू उपयोग क्षेत्र बर्गीकरण सम्बन्धी मापदण्ड तथा आधारहरु २०७९ र भू उपयोग कार्यान्वयन कार्यविधि २०७९ सम्बन्धी छलफल भएको थियो। उक्त कार्यक्रमका तस्बिरहरु
आज मिति २०७९ कार्तिक १७ गते विहीवारका दिन लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकको सङ्ख्या बढेको गुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि बाणगंगा नगरपालिकाले मापसे चेक जाँच गर्ने किट ट्रफिक प्रहरीलाई वितरण गरेको छ। मिति २०७९।०५।२९ गतेका दिन वाल दिवसको अवसरमा आधारभूत तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण र मतदातालाई मतदान गर्ने तरिकाको बारेमा जानकारी गराई मतदान गर्न सहज बनाउन र बढीभन्दा बढी मत सदर होस् भन्ने अभिप्रायले वडा सचिव, विद्यालयका प्रधानध्यापक, महिला स्वयं सेविकालाई मतदाता शिक्षा सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०७९।०७।१४ गते सोमबारका दिन ‘खेल स्वास्थ्यका लागि, खेलकुद राष्ट्रका लागि’’ भन्ने मूल नाराका साथ सम्पन्न निजामती तथा तिहार विशेष ब्याडमिन्टन खेल प्रतियोगितामा सहभागि सम्पूर्ण खेलप्रेमी कर्मचारीलाई धन्यवाद तथा उत्कृष्ट खेलाडीलाई प्रमाण पत्र प्रदान गरिएको छ ।
आज मिति २०७९।०७।०२ गते बुधवारका दिन भूमि वर्गिकरण सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख श्री चक्रपाणी अर्याल, नगर उपप्रमुख श्री रिता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडाध्यक्ष, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा शाखा प्रमुखहरुको उपस्थितीमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नापि सेवा विभागका प्रमुख नापि अधिकृत श्री विकास कुमार कर्ण र लवज थापा ज्यूलाई विशेष धन्यावाद ।
भूमि वर्गिकरण सम्बन्धी वडास्तरीय छलफल/ अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न वडामा गरिएका अन्तरकृया कार्यक्रमका झलकहरु
आ व 078/079 काे स्वास्थ्य कार्यक्रमकाे मुल्यांकनमा वाणगंगा नगरपालिका जिल्ला प्रथम र मोतिपुर हे पो संस्था मध्ये जिल्लामा प्रथम हुदाँ लिईएको तस्विर
आज मिति २०७९।०५।२६ गेत आईतवार बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को बार्षिक समिक्षा गोष्ठी पिस हिमालयन रिसोर्टमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले समग्र बाणगंगा नगरपालिकाको परिचय, राजनितिक एवम् प्रशासनिक विभाजन, व्यपारिक एवम् धार्मिक, पर्यटकिय स्थल, योजनाहरु र कार्यान्वयनको अवस्था आदि विषयवस्तुको बारेमा स्पष्ट पार्नुभएको थियो । बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख श्री खिम बहादुर जि.सी.ले गर्नु भएको थियो ।
१९ औं निजामती सेवा दिवसको उपलक्ष्यमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०७९।०५।१५ गते भूउपयोग कार्यान्वयन कार्यविधी २०७९ को मस्यौदा माथी छलफलका झलकहरु
आर्थिक वर्ष ०७८/७९ को स्वास्थ्य कार्यक्रमकाे वार्षिक समिक्षा गोष्ठी मिति २०७९।०५।१५ र १६ गते
समिक्षा गोष्ठीको उद्देश्य
-स्थानिय तह भित्रका स्वास्थ्य संस्था हरुको प्रगतिको तुलनात्मक विश्लेषण गर्ने।
-कार्यक्रम संचालनमा देखिएका कमि कमजोरी पहिचान गर्ने र सुधार गर्नुपर्ने पक्ष पत्ता लगाई लक्ष्य प्रप्तिमा पुग्ने मार्ग पहिचान गर्ने।
- स्वास्थ्य सम्वन्धि कार्यक्रम ले पहुँच नपुगेका समुदायहरुलाई उपलव्ध स्वास्थ्य सेवाको उपलव्धता, उपभोगको अवस्था र समस्याहरु पत्ता लगाई समाधानको लागि रणनिति तय गर्ने
-स्थानिय तहमा स्वास्थ्यका योजना तर्जुमाको लागि प्राथमिकता क्षेत्र पहिचान गरि कार्ययोजना तयार गर्ने।
आज मिति २०७९ भदौ ६ गते सत्यनिष्ठा,नैतिकता,सदाचार, एंव सुशासन र सेवा प्रवाह सम्बन्धमा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको सहभागितामा आयोजित कार्यक्रम सम्पन्न भएको छ
बाणगंगा नगरपालिकाको आ.व. ०७९।८० को पहिलो कार्यपालिका बैठकका प्रस्तावहरु :
१. भू- उपयोग ऐन, २०७६ को दफा २० खण्ड ६ बमोजिम कार्यान्वयन समिति गठन सम्बन्धमा
२. भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासी सम्बन्धमा वडास्तरीय र पालिकास्तरीय सहजिकरण समिति गठन सम्बन्धमा
३. नदीजन्य पदार्थको प्रारम्भिक वातावरणीय परिक्षणको कार्यसूचि (TOR) सम्बन्धमा
४. रोजगार संयोजकको पदपूर्तिका लागि पदपूर्ति समिति गठन सम्बन्धमा
५. विविध
आज मिति २०७९ श्रावण २५ गते बुधवार यस बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री खिमानन्द भुसाललाई एक कार्यक्रमको आयोजना गरि यस नगरपालिकामा स्वागत गरिएको छ । स
आज मिति २०७९ श्रावण १३ गते शुक्रवार बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी सरलाई एक कार्यक्रमको आयोजना गरि बिदाई गरिएको छ । बिदाई कार्यक्रमका झलकहरू । साथै बुटवल उप महानगरपालिकामा सरुवा हुनु भएकोमा सफल कार्यकालको शुभकामना ।
आज मिति २०७९ श्रावण ११ गते बुधवार स्वास्थ्य संकट एंव विपद पुर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा कार्यपालिका सदस्य, विभिन्न शाखाका शाखा प्रमखु, नेपाल प्रहरी, सशत्र प्रहरी,नेपाल रेडक्रस सोसाईटी र विभिन्न गै.स.स हरुको उपस्थिती रहेको थियो ।
बाणगंगा नगरपालिकाले ७० प्रतिशत अनुदानमा किसानलाई विद्युतिय च्याफकटर (चारा मेशिन ) प्रदान गरेको छ । कृषि औजार किसानलाई हस्तान्तरण गर्दै नगर प्रमुख श्री चक्रपाणी अर्यालले कृषि उपकरणले लागत घट्ने , उत्पादन बढ्ने हुँदा यसले किसानालाई प्रत्यक्ष फाईदा पुराउने र व्यवसायीक किसान बन्न प्रेरणा मिल्ने बताउनु भयो ।
आज मिति २०७९।०३।३० गते बाणगंगा नगरपालिकाको एघारौं नगरसभाको अन्तिम बैठक सम्पन्न भएको छ।
आज मिति २०७९।०३।२९ गते बुधवार बाणगंगा नगरपालिकाको १२२ औं कार्यपालिका बैठक सम्पन्न भएको छ।
धान उत्पादन प्रर्वद्धन कार्यक्रम ( वाली विकास ) अन्तर्गत तेस्रो चौमासिक समीक्षा गोष्ठी नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा कृषक समुह , कृषि सहकारी र कृषि फर्मका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
आज मिति २०७९ असार २२ बाणगंगा नगरपालिकाको आ व २०७८।७९ को तेस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। बाणगंगा नगरपालिका वडा नं २ को कार्यालय भवनमा सम्पन्न उक्त कार्यक्रममा बिभिन्न टोलविकास संस्था नागरिक समाजका प्रतिनिधि लगायत नगरवासीको बाक्लो उपस्थिती रहेको थियो ।
बाणगंगा नगरपालिकाको एघारौं नगर सभाको आ. व ०७९।८० को बजेट सार्वजनीकरण तथा बाल श्रम मुक्त नगर घोषण कार्यक्रम बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य श्री विमला घिमिरे र विशिष्ट अतिथिहरू लुम्बिनी प्रदेश सभा सदस्य श्री विष्णु पन्थी , संविधान सभा सदस्य श्री विश्राम प्रसाद थारू , जिल्ला समन्वय प्रमुख श्री बाबुराम आचार्य तथा नगर उप प्रमुख श्री रिता कुमारी चौधरी , वडा अध्यक्ष राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थितमा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बाल सहजकर्ताहरू, उत्कृष्ट कार्य गर्ने कर्मचारी, नगरलाई समयमै सबैभन्दा बढी कर तिर्ने करदाता तथा उत्कृष्ट कार्य गर्ने संघ संस्थालाई सम्मान गरिएको थियो । नगरपालिकाले आगामि आर्थिक बर्षका लागि १ अर्ब ४९ करोड १७ लाख ८९ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
आज मिति २०७९।०३।०८ गते बुधवारका दिन यस बाणगंगा नगरपालिकाको एघारौं नगर सभामा आ व ०७९।०८० को नीति तथा कार्यक्रम नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
आज मिति २०७९।०३।०७ गते बाणगङ्गा नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारी सम्बन्धि राय सुझाव संकलनको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा माननिय प्रतिनिध सभा सदस्य श्री विश्राम प्रसाद चौधरी, प्रदेश सभा दसस्य श्री विष्णु पन्थी , विभिन्न राजनैतिक दलका प्रतिनिधि , नागरिक समाजका प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो । कार्यक्रमको अध्यक्ष बाणगंगा नगरपालिका नगर प्रमुख श्री चक्रपाणी अर्यालले गर्नुभएको थियो ।
आज मिति २०७९ असार ०६ गते यस बाणगंगा नगरपालिकामा नगर उप प्रमुख श्री रिता कुमारी चौधरीज्यूको अध्यक्षतामा किसान सूचिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगर स्तरिय खोप तथा सरसफाई प्रवर्धन कार्यक्रमको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम बाणगंगा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाका मेयर श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षता साथै बाणगंगा नगर उप प्रमुख श्री रिता कुमारी चौधरीज्यू लगाएत बाणगंगा नगरपालिकामा स्वास्थ्य सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
आजा मिति २०७९।०३।०१ गते बाणगंगा नगरपालिकामा भूउपयोग नियमावली २०७९ ले तोके बमोजिम कृषि क्षेत्र र गैरकृषि क्षेत्र वर्गीकरण सम्बन्धमा नगर उपप्रमुख श्री रीता कुमारी चौधरीज्यूको अध्यक्षता वडा अध्यक्ष तथा शाखा प्रमुखहरूको उपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
आज बाणगंगा नगरपालिका प्रमुख एंव नगर शिक्षा समितिका अध्यक्ष श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा सामुदायिक विद्यालयका अध्यक्ष र वडा अध्यक्षज्यूहरुको संयुक्त बैठक नगरको शैक्षिक व्यवस्थापन र सुशासन सम्बन्धी विषषमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०७९।०२।१९ गते विहिवारका दिन यस बाणगंगा नगरपालिकाको स्टाफ मिटिङ्ग सम्पन्न भएको छ।
आज मिति २०७९।०२।१९ गते विहिवारका दिन नगर प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा बाणगंगा नगरपालिकाको ११६ औं कार्यपालिका बैठक सम्पन्न भएको छ ।
- 1 of 4
- next ›