FAQs Complain Problems

फोटो ग्यालरी

बाणगंगा नगरपालिका र फेरी ईन्भाईरोमेन्टल सर्विसेस विच बाणगंगा नगरपालिकाको फोहोर जन्य पदार्थ व्यवस्थापनको लागि सम्झौता भएको छ। उक्त सम्झौता गर्दा लिईएको तस्विर

मिति २०७९।०१।०९ गते शुक्रबारका दिन कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्रज्यूले बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थीज्यूलाई विशेष समारोहबीच पूर्ण खोप नगरपालिकाको प्रमाणपत्र हस्तान्तरण गर्दै बाणगंगा नगरपालिकालाई १२ वर्ष माथि उमेर समूहलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चितता गर्नुभएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्रज्यूले कोभिड-१९ को महामारीमा यस नगरलाई विभिन्न तरिकाबाट सहयोग गर्ने संघ संस्था,संचारकर्मी,स्वास्थ्य स्वयसेवीकाहरु, नगरपालिकाका कर्मचारीहरु लगाएतलाई प्रशंसा पत्र हस्तान्त्रण गर्दै उक्त महामारी विरुद्ध खटिनुभएकोमा धन्यवाद समेत व्यक्त गर्नु भयो । प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्रज्यूले यस बाणगंगा नगरबाट गरिएको अथक प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि पुर्ण खोपको अवस्था कायम राख्न नगरपालिका सफल हुने विचार व्यक्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थीले सम्पुर्ण स्वास्थ्यकर्मी, नगरपालिकाका विभिन्न क्षेत्रमा क्रियाशिल संघ संस्था, कर्मचारी, संचारकर्मी तथा अन्य धेरै निकायको अथक प्रयास र मेहनतले बाणगंगा नगरपालिका कपिलवस्तु जिल्ला मै पहिलो १२ वर्ष माथी उमेर समुहलाई कोभिड १९ विरुद्धको खोप सुनिश्चितता नगरपालिका घोषणा भएको बताउदै सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी ज्यूको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी श्री धर्मेन्द्र कुमार मिश्र ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन बाणगंगा नगरपालिका स्वास्थ्य शाखा हे.ई. श्री भक्तिराम पाण्डेले गर्नु भएको थियो ।

उक्त कार्यक्रमका केही झलकहरु

, , , , , , , , , , , ,

मिति २०७९।०१।०६ गते बुधबारका दिन यस बाणगंगा नगरपालिकामा नगर सडक गुरुयोजना सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृतले नगरपालिका भित्र पर्ने विभिन्न सडकलाई चार भागमा वर्गिकरण गरि सडकको मापदण्ड अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

, , , , , , , , , , , ,

बाणगंगा नगरपालिका शिक्षा,युवा तथा  खेलकुद शाखाको आयोजनामा बाणगंगा नगरक्षेत्र भित्रका ब्यक्तिले विद्यावारिधि, एमफिल गरेका, सेवा निवृत प्राध्यापक, शिक्षक शिक्षिकाहरु र नव प्रतिभा विद्यार्थी भाइबहिनीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्दाका केही झलकहरु ।

, , , , , , , , , , , , ,

मिति २०७८।१२।२९ गते बाणगंगा नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा युवा नवप्रर्वद्धनात्मक विचार  प्रतियोगिता (Youth Innovation Idol Hunt) सम्पन्न भएको छ । मुल्याङ्कन सम्बन्धी आधार तोकिए अनुसार मुल्याङ्कन समितिद्धारा नतिजा तयार गरी श्री यमकला कुवर प्रथम, श्री हरि कुवर द्वितीय तथा श्री सुवास पाण्डेले तृतीय स्थान हासिल  गर्न सफल हुनुभएको थियो ।

, , , , , , , ,

आज मिति २०७८ चैत ३० गते बुधबारका दिन यस वाणगंगा नगरपालिकाको सभाहलमा श्री मंगल प्रसाद थारुज्यूको अध्यक्षतामा कार्यपालिकाको बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रमका केही तस्बिरहरु 

, , , , , , , , ,

"मर्यादित व्यवसाय र प्रविधिमा सहकारी " भन्ने मुल नारा सहित ६५ औ राष्ट्रिय सहकारी दिवस २०७८ नगरपालिकाको सभाहलमा भव्य रुपमा सम्पन्न भयो ।

, , , , , , , , , , , , , , , ,

अनिवार्य  अवकाश प्राप्त हुनुभएका प्रशासन शाखामा कार्यरत श्री हुमकान्त खनाल र स्वास्थ्य चौकी कोपवामा कार्यरत श्री राधा खनाललाई एक समारोहबीच मायाको चिनो प्रदान गरि  विदाई गरिएको छ ।साथै यस बाणगंगा नगरपालिकाबाट अन्यत्र जाने तथा अन्यत्रबाट यस बाणगंगा  नगरपालिकामा  सरुवा भै आउनेलाई स्वागत तथा बिदाइ कार्यक्रम पालिकाको सभाहलमा सम्पन्न भएको छ। 

, , , , , , , , , , , , , , , , , , ,

बाणगंगा गरपालिकाको आयोजनामा कृषि मेला प्रदर्शनी एवं उत्कृष्ट कृषक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एंव माननिय प्रदेश सभा सांसद श्री विष्णु पन्थीज्यूले कृषि पेसालाई निर्वाहमुखी भन्दा व्यावसायीक वनाउँदै लैजान पनि किसानहरुलाई पुरस्कृत गरिएको बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष श्री मंगल प्रसाद थारुज्यूले बाणगंगा नगरपालिका भित्र उत्पादन भएका कृषि बस्तुहरुलाई बजारिकरण गर्न र कृषिमा आधुनिकिकरण ल्याउन बाणगंगा नगरपालिकाले कुनै कसर नछोडने धारण राख्नु भयो ।

, , , , , , , , , , , , , , , ,

मिति २०७८।१२।१० गते विहिवारका दिन बाणगंगा नगरपालिकाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाको आयोजना तथा नेपाल पत्राकार महासंघ कपिलवस्तुको सहजिकरणमा बोडगाँउमा सम्पन्न भएको छ ।  उक्त कार्यक्रमको अध्यक्षता यस बाणगंगा नगरपालिकाका नगर प्रमुख श्री मंगल प्रसाद थारुज्यूले गर्नुभएको थियो ।सेवाग्राहिहरुबाट जिज्ञासा,गुनासा,र सुझाब प्राप्त भै सकेपछि उठेका सवालहरुमा आ–आफ्नो शाखा सगं सम्वन्धित बिषयवस्तुहरुमा सम्वन्धित शाखा प्रमुख तथा प्रतिनिधिहरुले स्पष्ट पार्ने,जवाफ दिने कार्य भएको थियो । आएका  कतिपय सुझावहरुलाई मनन् गरि आगामि दिनमा सच्याँउदै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।

, , , , , , , , ,

आज मिति २०७८ चैत ०७ गते सोमबारका दिन यस वाणगंगा नगरपालिकाको सभाहलमा श्री मंगल प्रसाद थारुज्यूको अध्यक्षतामा कार्यपालिकाको बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रमका केही तस्बिरहरु 

, , , , , , , ,

 आज मिति २०७८ फाल्गुन ३० गते बाणगङ्गा नगरपालिकाको आयोजनमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम सम्बन्धी अभिभुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

, , , , , , , , , ,

बाणगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालयको आयोजना र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेश, नेपालगन्ज बाँकेको सहयोगमा लैङ्गिक समानता तथा समावेशीकरण मूल प्रवाहिकरण रणनीति निर्माण सम्बन्धी कार्यशाला बाणगङ्गा नगरपालिकाका नगर उप प्रमुख श्री चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका केही तस्बिरहरू । 

, , , , , , , , , , , ,

आज मिति २०७८।११।२५ गते बुधवारका दिन बाणगंगा नगरपालिका भित्र रहेका सामुदायिक बनका अध्यक्ष तथा पदाधिकारीहरु संग परिचयात्मक तथा सुझाव संकलन कार्यक्रम सम्कापन्न भएको छ उक्त कार्यक्रमका  केही तस्बिरहरु । 

, , , , , , , , ,

आज मिति २०७८।११।१३ गते शुक्रवारका दिन “सुरक्षित आप्रवासन ‘सामि’ ” संग सम्बन्धीत स्थानीय तहका पदाधिकारीहरु संग समन्वय बैठक सम्पन्न ।

, , , , , , , , , , , , , , , ,

यही मिति २०७८/११/१३ गते सडक गुरुयोजना तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष सचिव तथा तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

, , , , , , , , , , , ,

प्रमुख जिल्ला अधिकारी श्री चक्रपाणी पान्डेको अध्यक्षता तथा नगर प्रमुख श्री मंगल प्रसाद थारुको  प्रमुख अतिथीमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी बाणगंगा नगरपालिका अन्तर्गतका वडा अध्यक्ष तथा सचिव / रुजु अधिकारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

यस बाणगंगा नगरपालिका भित्र रहेका खाने पानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरु संग  छलफल तथा अन्तकृया कार्यक्रम सम्पन्न भएको छ । 

, , , , , , , , , , , , , , , , , ,

बाणगंगा नगरपालिका भित्रका संघ संस्थाका पदाधिकारीहरु संघ परिचयात्मक सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी ज्यूको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले संघ संस्थाका समस्या र समाधानको विषयमा प्रमुख प्रशासकीय अधिकृत ज्यू लाई जानकारी गराउनु भएको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी ज्यूले संघ संस्थाले उठाएका जायज कुराहरुको सम्बोधन गर्ने साथै संघ संस्थाहरु विकासको साझेदार संस्था रहेको भन्दै समग्र नगरको विकासका लागि हातेमालो गर्दै जानु  पर्ने बताउनु भयो ।

, , , , , , , , , ,

यस बाणगंगा नगरपालिकामा क्रियाशील पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगर भित्रका पत्रकारहरुले पत्रकारीताको क्षेत्रमा भोग्दै आएका समस्या र तिनका सामाधानहरुको बारेमा यस नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत समक्ष राखेका थिए । सोही कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी ज्यूले पत्रकारहरु राष्ट्रको चौँथो अंग भएको, नगरपालिकाको विकासमा पत्रकारहरु प्रत्यक्ष लाग्नुपर्ने भन्दै  पत्रकारहरुको समस्यालाई नगरपालिकाले हल गर्ने प्रतिवद्दता जनाउनु भएको छ ।

, , , , , , , , , , , , , , , , , , ,

सामुदायिक विद्यालयहरुलाई ल्यापटप वितरण कार्यक्रम
वाणगंगा नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरुलाई एक कार्यक्रमका बिच मिति २०७८/०९/ का दिन
प्रति विद्यालय एक ल्यापटप वितरण गर्ने काम गरियो । विद्यालयलाई प्रविधिमैत्र बनाउने उदेश्यका साथ विगतका
वर्षहरुमा केही विद्यालयहरुलाई कम्प्युटर उपलब्ध गराईएको , सबै विद्यालयमा नेट जडान गरिएको , केही विद्यालयमा
ICT ल्याव व्यवस्थापन गरिएको थियो भने यस आ. व. मा नगरका सबै सामुदायिक विद्यालयहरुलाई एक विद्यालय एक
ल्यापटप वितरण गरिएको छ ।

बाणगंगा नगरपालिकाको दशौं नगर सभा  सम्पन्न 

, , , , , , , , , , , , , , , ,