FAQs Complain Problems

वार्ड न. २

वाणगंगा नगरपालिका वडा नं.०२ को संक्षिप्त परिचय नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१/०८/१६ को निर्णय बमोजिम निर्मित वाणगंगा नगरपालिका वडा नं.०२ मिति २०७३ /११/२७ गते साविकका वाणगंगा नगरपालिका वडा नं. २ र ३ गाभिएर बनेको हो । धार्मिक ऐतिहासिक पर्यटकिय एवम व्यापारिक दृष्ट्रिकोणले सामरिक महत्व बोकेको वडा हो । यस वडाको पुर्वमा कोठी नदी र रुपन्देहिको सैनामैना नगरपालिका, पश्चिममा वाणगंगा नगरपालिका वडा नं. ०१, उत्तरमा शितगंगा नगरपालिका अर्घाखाँचि र दक्षिणमा वाणगंगा नगरपालिका वडा नं. ३ र १० को चौतर्फि सिमा भित्र अवस्थित यस वडाको क्षेत्रफल करिब ३१ वर्ग मिटर रहेको छ । वि.स.२०७८ सालको जनगणना अनुसार १०३७० जनसंख्या रहेको भएता पनि हाल दु्रत गतिमा भईरहेको बसाईसराई, सहरिकरण र विकासको कारण दिनानुदिन जनसंख्या बढिरहेको छ । करिब कुल जनसंख्याको ५४ प्रतिशत महिला र ४६ प्रतिशत पुरुषहरुको बसोबास भएको यस वडामा करिब ५० प्रतिशत आदिबासि थारु जातिको बसोबास छ भने, अन्य ५० प्रतिशत पहाडिया मुलका मानिसहरुको बसोबास रहेको छ । साविकको वाणगंगा गाविस का १ देखि ६ सम्मका ६ वटा वडाहरु गाविएर बनेको यस वाणगंगा नगरपालिका वडा नं. ०२ वि.स.२०६८ को जनगणना अनुसार जनसंख्याको हिसावले वाणगंगा नगरपालिकाको तेस्रो ठुलो वडा हो । महेन्द्र राजमार्गले ठिक बिच बाट काटेको यस वडा नं.०२ को पिपरा व्यापारिक दृष्ट्रिकोणले महत्वपुर्ण स्थान हो । यस वडा भित्र पिपरा देखि ढोरपाटन जोड्ने सडक, पिपरा देखि चाकरचौडा जोड्ने सडक, लखन चोक लवनी जोड्ने सडक महत्वपुण सडक रहेका छन् । श्रृङ्गि ऋषिको तपोभूमि बिमाण्डक ऋषिको क्रिडा स्थलको रुपमा परिचित नन्दनगर क्षेत्र, सुपादेउरालि मन्दिर, देविस्थान मन्दिर, कोठी पिकनिक स्पोर्ट, प्रकटेश्वर महादेव, राधाकृष्ण मन्दिर, दुर्गा मन्दिर, शिव मन्दिर, कलौनिस्थित बौद्ध विहार र थुप्रै संख्यामा रहेका थारु डिवहारहरु यस वडाका महत्वपुर्ण धार्मिक एवंम पर्यटकिय हिसावले महत्वपुण क्षेत्रहरु हुन । खेलकुदको क्षेत्रमा समेत अब्वल वडाको रुपमा रहेको यस वडाको कप्टैया, राजपुर र नन्दनगरमा आकर्षक खेल मैदान समेत रहेका छन् । वाणगंगा नगरपालिकाका विभिन्न वडाहरुमा सिचाई सुबिधा उपलब्ध गराउने श्रृगिघाट सिचाई योजनाको बाध समेत यसै वडामा अवस्थित छ, त्यस्तै गरि दाहसंस्कारको लागि प्रसिद्ध देउरालि घाट समेत यसै वडामा अवस्थित छ । सात (७) वटा सामुदायिक बन र एक वटा धार्मिक वनले यस वडाको वातावरण स्वच्छ सफा र हराभरा गराउने कार्य गरीरहेका छन् । ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल बेश क्याम्प, ईलाका हुलाक कार्यालय, पिपरा अस्पताल, वडा नं. ०२ को कार्यालय तथा ईलाका बन कार्यालय लगाएतका सरकारी कार्यालयहरु तथा वाणगंगा खानेपानि कार्यालय र विभिन्न सामुदाइक बनका कार्यालयले समेत सेवाग्राहिका दैनिक काममा सहजता प्रदान गरिरहेका छन् । साथै नन्दनगरमा निर्माणाधिन वृद्धा आश्रम र पिपरा चाकरचौडा रोडमा अवस्थित निर्माणाधिन लुम्बिनी तीलौराकोट प्रवेशद्धारले समेत यस वडाको गरिमा उचो बनाउने कार्यमा सहयोग गरेका छन् ।

  • विष्णु प्रसाद पौडेल   ( वडाध्यक्ष )   ९८५७०५४०२२
  • प्रेम बहादुर रौतार थारु  ( सदस्य )   ९८१९४३३१९९
  • झिमलाल सापकोटा (दसस्य)           ९८५७०५२१४४
  • शान्ता पाण्डे (महिला सदस्य)           ९८५७०२५८०९
  • सुमित्रा दमै   ( द.म.स. )                     ९८०७५७२८६२

Nepali
Population: 
10370
Ward Contact Number: 
९८५७०५०५८८
Weight: 
0