समाचार
नगरमा क्रियाशील पत्रकारहरू सँग परिचयात्मक कार्यक्रम सम्पन्न
यस बाणगंगा नगरपालिकामा क्रियाशील पत्रकारहरु सँग परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नगर भित्रका पत्रकारहरुले पत्रकारीताको क्षेत्रमा भोग्दै आएका समस्या र तिनका सामाधानहरुको बारेमा यस नगरपालिकाका मेयर, प्रमुख प्रशासकीय अधिकृत समक्ष राखेका थिए । सोही कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी ज्यूले पत्रकारहरु राष्ट्रको चौँथो अंग भएको, नगरपालिकाको विकासमा पत्रकारहरु प्रत्यक्ष लाग्नुपर्ने भन्दै पत्रकारहरुको समस्यालाई नगरपालिकाले हल गर्ने प्रतिवद्दता जनाउनु भएको छ ।