समाचार
बाणगंगा नगरपालिका भित्रका संघ संस्थाका पदाधिकारीहरु संघ परिचयात्मक सम्पन्न ।
बाणगंगा नगरपालिका भित्रका संघ संस्थाका पदाधिकारीहरु संघ परिचयात्मक सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी ज्यूको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारीहरुले संघ संस्थाका समस्या र समाधानको विषयमा प्रमुख प्रशासकीय अधिकृत ज्यू लाई जानकारी गराउनु भएको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत श्री टेकराज पन्थी ज्यूले संघ संस्थाले उठाएका जायज कुराहरुको सम्बोधन गर्ने साथै संघ संस्थाहरु विकासको साझेदार संस्था रहेको भन्दै समग्र नगरको विकासका लागि हातेमालो गर्दै जानु पर्ने बताउनु भयो ।